काम लागेन समानुपातिकको झन्डै १० लाख मत
प्रकाशित मिति : २०७४, २ पुष आईतवार ११:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२ पुस । मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्म ९५ लाख ३ हजार ६ सय १८ मतगणना भएको छ।
Advertisement
त्यसमध्ये नेकपा एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत पाएको छ। यो ३३.२ प्रतिशत हो। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मत पाएको छ। समानुपातिकमा कांग्रेसको हिस्सा ३२.७ प्रतिशत छ।
माओवादी केन्द्रले १२ लाख ९५ हजार ९ सय ३ मत पाएको छ। उसको मत १३.६ प्रतिशत हुन्छ।
३ प्रतिशतको थ्रेसहोल्ड कटाएका अन्य दुई दलमध्ये राष्ट्रिय जनता पार्टी नेपालको मत ४ लाख ७० हजार ४ सय ८६ छ भने संघीय समाजवादी फोरमले ४ लाख ६९ हजार ४ सय ६१ मत पाएको छ। राजपा र फोरम दुबैले ४.९ प्रतिशत मत पाएका छन्।
विवेकशील साझा, राप्रपा, नयाँशक्ति, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा लगायतका अन्य दलले ९ लाख ९४ हजार ८ सय ३० मत पाएका छन्। यो झन्डै १०.४६ प्रतिशत मत हो।
थ्रेसहोल्ड नकटाएकाले उनीहरुले सांसद पठाउन पाउने छैनन्। ‘अब उनीहरुले पाएको मत बदर भए जस्तै वा भोट नै नहालेजस्तो भयो,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने थ्रेसहोल्ड कटाएका पार्टीले पाएको मतलाई सत प्रतिशत मानेर समानुपातिकको सिट बाँडफाँट हुनेछ।’
प्रतिनिधि सभाका २७५ मध्ये ११० जना सांसद समानुपातिक सूचीबाट आउनेछन्।