प्रत्यक्षतर्फको परिणाम दिएको निर्वाचन आयोगको गतिमा यतिबेला ब्रेक लाग्यो
प्रकाशित मिति : २०७४, १२ पुष बुधबार १४:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस १२,काठमाडौँ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको तथा फटाफट गणना सकेर प्रत्यक्षतर्फको परिणाम दिन सफल भएको निर्वाचन आयोगको गतिमा यतिबेला ‘ब्रेक’ लागेको छ । समानुपातिकतर्फको परिणाम दिनुपर्ने बेलामा हरेक मोडमा आयोगका अगाडि कानुनी अप्ठ्याराहरू आएका छन्
Advertisement
वर्ष २०७४ नेपालको राजनीतिक इतिहासमा सफल वर्षका रूपमा दर्ज हुँदै छ । कारण हो, एकै वर्ष ८ महिनाभित्रमा पुन: संरचनापछिको स्थानीय तह, संघीय संरचनामा प्रदेश र संघीय संसद्को प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुुनु । अनेकन शंका, उपशंकाहरूलाई चिर्दै दुई वर्ष अगाडि जारी भएको संविधान कार्यान्वयनले गति लिएको छ । राजनीतिक दलहरूप्रति जनताको विश्वास जागेको छ । अन्तर्राष्ट्रिय रूपमा मुलुकको साख बढेको छ । संविधान कार्यान्वयनको पहिलो चरण रहेका बेला त्यसको व्यावहारिक कार्यान्वयनमा कतिपय संवैधानिक र कानुनी जटिलताहरू आउनु स्वाभाविक हो । ती जटिलतालाई राजनीतिक दलहरूले जति स्वाभाविक ढंगले हल गर्दै जानेछन् संविधानको सफल कार्यान्वयन त्यसमै निर्भर हुनेछ । र, मुलुकले आर्थिक समृद्धिको बाटो पछ्याउन थप ढिला हुने छैन ।