बैजनाथ निशुल्क स्वास्थ्य शिविरमा ३०० बढीलाई स्वास्थ्य सेवा
प्रकाशित मिति : २०७४, २२ पुष शनिबार २२:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस २२, नेपालगन्ज।बाकेको बैजनाथ गाउँपालिका १ चिसापानी स्थित क्रियटिभ स्र्कल्स एकेडेमीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ३०० बढीलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । शनिवार सम्पन्न शिविरबाट ब्लड पे्रसर, सुगर तथा अन्य समस्याका विरामीहरुले सेवा लिएको आयोजकले जनाएको छ ।
Advertisement
शिविरमा नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालका फिजिसियन डाक्टर खगेन्द्र जंग शाहाले विरामीहरुको चेकजाच गर्नुभएको थियो । डाक्टर शाहाका अनुसार २०० बढीमा ब्लड पे्रसरको समस्या र केहीमा सुगरको समस्या देखिएको जानकारी दिनुभयो । अधिकांशमा पे्रसरको समस्या हुदा समेत विशेषज्ञ सेवा लिनबाट पछि परेको भन्दै डाक्टर शाहाले समस्या हुदाहुदै लुकाएर घरमै नबस्न आग्रह गर्नुभएको छ ।
शिविरमा ८० वर्ष भन्दा माथिका वृदवृदाहरुले समेत सेवा लिएको र औषधी समेत निशुल्क वितरण गरिएको छ । शिविर क्रियटिभ स्र्कल्स एकेडेमीको आयोजना तथा देउराली जनता फर्मास्युटिल्स पा्रलिको सहकार्यमा सम्पन्न भएको हो ।