जाजरकोटमा भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो
प्रकाशित मिति : २०७४, २६ पुष बुधबार १४:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जाजरकोट, पुष २६ । जाजरकोटमा तीन हप्तादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मंगलबार थप तीनजनाको ज्यान गएपछि भाइरल ज्वरोकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।
Advertisement
भाइरल प्रभावित क्षेत्रमा सक्रिय डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको छ । यस्तै जुनीचाँदे गाउँपालिका–२ का रामबहादुर नेपालीको पनि भाइरल ज्वरोले ज्यान गएको छ ।
प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतको टोलीले अहिलेसम्म सात सय भन्दा बढीको उपचार गरेको जनाएका छन् । प्रकोप नियन्त्रणमा नआएपछि थप स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जुनीचाँदे प्रकोपबाट सबैभन्दा प्रभावित गाउँपालिका हो । बिरामीमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखा परेका छन् ।
जुनीचाँदे गाँउपालिकाको १, २ र ३ सहितका वडामा भाइरल फैलिएको छ । उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाउँपालिकाको वडा नं २ र ३ मा शुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि सर्दै गएको छ ।
स्वास्थ्यकर्मीका अनुसार अहिलेसम्म ७०० भन्दा बढीको उपचार गरिसकिएको छ र अझैं दुई हजार भन्दा बढी बिरामीको उपचार गर्न बाँकि
छ ।