पूर्वगृहमन्त्री बस्नेत आठ क्विन्टल औषधि सहित पुगे जाजरकोट
प्रकाशित मिति : २०७४, २९ पुष शनिबार १३:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस २९,जाजरकोट । पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका साँसद शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चाैधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीकाे टाेली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् ।
Advertisement
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएकाे भाइरल नियन्त्रणमा अाउन सकेकाे छैन । भाइरलका कारण अहिलेसम्म १३ जनाकाे ज्यान गइसकेकाे छ भने कैयन संक्रमित छन् ।
प्रकाेप नियन्त्रणमा नअाइरहेका बेला शनिबार जिल्लाका सांसद् र चिकित्सकसहितकाे टाेली वडा नम्बर १, २ र ३ मा औषधि लिएर पुगेका छन् ।
जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।
यसैबीच, जाजरकाेटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।