मारवाडी समाजले गरेको रक्तदान कार्यक्रम आज सम्पन्न
प्रकाशित मिति : २०७४, २९ पुष शनिबार १६:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस २९, नेपालगन्ज : मारवाडी युवा दिवसको अवसर पारेर माडवाडी युवा मञ्च नेपालगन्जले शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
व्यापारीक पृष्ठभूमिका मारवाडी समुदायका युवाहरु समाजिक कार्यमा सक्रिय रहनको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको मारवाडी युवा मञ्च नेपालगन्जका अध्यक्ष महेश अग्रवालले जानकारी दिए ।
नरम स्वाभावका मानिने मारवाडी समुदायका युवाहरु अहिले सामाजिक क्षेत्रमा अग्रसर हुँदै काम गरिरहेका छन्।
मारवाडी युवाहरु अब व्यापार गर्ने मात्रै नभएर समुदायको विकासका लागि पनि अग्रसर हुने मारवाडी युवा मञ्च नेपालगन्जका अध्यक्ष अग्रवालले दाबी गरे ।
‘हामीले विपन्न वस्तीहरुमा चाँडै नै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजनासमेत बनाएका छौँं,’ अध्यक्ष अग्रवालले भने, ‘व्यापार मात्र नभई समुदायका लागि पनि केही गर्नुपर्छ भन्ने भावनाका साथ एकीकृतरुपमा सक्रियता पूर्वक लाग्नेछौँ ।’
उनले मारवाडी घरानाका युवाहरु समाजमा सामाजिक अभियन्ताको नमूना बन्नुपर्नेमा जोड दिँदै भने, ‘सामाजिक विकास र समृद्धिका लागि हामीहरु सक्रियतापूर्वक सहयोग गर्न तयार छौँ ।’