नर्सहरुको आन्दोलन जारी, आज पनि १ घण्टा काम गरेनन्
प्रकाशित मिति : २०७४, ३० पुष आईतवार १२:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, पुष ३० । ११ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएमा नर्सहरुले आज पनि बाँकेका अस्पतालहरुमा एक घण्टा काम बहिस्कार गरेका छन् । जिल्लाका सरकारी र निजी सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले बिहान १० देखि ११ बजेसम्म कुनै पनि काम नगरेको नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसि वलीले जानकारी दिनुभयो ।
Advertisement
यससँगै नर्सहरुले कालोपट्टि बाँधेर काम गरिरहेका छन् । नर्स र विरामीको अनुपात सबै अस्पतालहरुमा कायम गरिनुपर्ने, काठमाडौको मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सहरुको पुनर्बहाली हुनुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महासाखा पुनस्र्थापना हुनुपर्ने, निजी स्वास्थ्य संसथामा कार्यरत नर्सहरुको पनि सरकारी मापदण्डअनुसार पारिश्रमिक व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका हुन ।