नर्सहरुको आन्दोलनले बाँकेमा पनि उपचार सेवा प्रभावित
प्रकाशित मिति : २०७४, ३ माघ बुधबार १५:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, माघ ३ । नर्सहरुको आन्दोलनका कारण बाँकेमा पनि उपचार सेवा प्रभावित भएको छ । एकसातादेखि जारी आन्दोलनले अस्पताल पुग्ने विरामीहरु समयमा उपचार पाउनबाट बञ्चित भएका छन् ।
Advertisement
अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गरिनुपर्ने, स्कुलमा नर्स राखिनुपर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुको पुर्नबहाली गरिनुपर्ने लगायतका माग राख्दै गत बुधवारदेखि नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सहरु आन्दोलनमा छन् ।
आज पनि विहान १० बजेदेखि दिउँसो १ बजेसम्म काम बहिष्कार गरिएको नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीले वताउनुभयो ।