नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड
प्रकाशित मिति : २०७४, ५ माघ शुक्रबार १६:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर, ५ माघ । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आक्रोशित भएका आफन्त तथा स्थानीयहरुले आज नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड गरेका छन् ।
Advertisement
दुई दिन अघि अस्पतालमा सुत्केरी हुुनुभएकी कोहलपुर नगरपालिका–५ रझेनाका २१ बर्षीया सीता शाहीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्त र रझेनाका स्थानीयहरुले प्रदर्शन गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दा अस्पतालको प्रशासन शाखाका सिसाहरु फुटेका छन् भने कुर्सी टेवुल भाँचिएका छन् ।