रामचन्द्र पौडेल पक्षको निर्णयले कांग्रेसमा अन्योल
प्रकाशित मिति : २०७४, ७ माघ आईतवार ०९:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, ७ माघ । विधान विपरीत गठन भएको संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरूले गरेपछि कांग्रेसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेबारे अन्योल भएको छ ।
Advertisement
कान्तिपुर दैनिक लेख्छ- पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान बोलाएको शीर्ष बैठकमा पौडेल पक्षले संसदीय समिति विधानसम्मत नभएसम्म आफूहरू बैठकमा उपस्थित हुन नसक्ने निर्णय सुनाएका थिए । देउवाले विधानविपरीत १७ जनाको संसदीय समिति बनाएका छन् । समितिमा आफ्नो पक्षको बहुमत पुर्याउन उनले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य राखेका हुन् ।
विधानअनुसार समितिमा हाल रहेका तीन पदाधिकारी र ८ सदस्य मात्रै हुनुपर्ने हो । ११ सदस्यीय हुनुपर्नेमा देउवाले १७ सदस्यीय बनाएपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पनि पौडेल पक्षले संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत गठन भएको भन्दै भंग गरी विधानअनुसार निर्माण गर्नुपर्ने माग अघि सारेको छ । यो मागमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षसमेत जोडिएको छ । सिटौला पक्षले पनि विधानविपरीतको अभ्यास गर्न नहुने भन्दै सभापतिलाई विधानसम्मत रूपमा चल्न आग्रह गर्दै आएको छ ।
केन्द्रीय सदस्य शेखर कोइरालाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमै विधानविपरीत गठन भएको समितिमा आफू नरहेको घोषणा गरेका थिए । समिति नै विवादमा परे पनि सभापति देउवाले तत्काल भंग गरेर नयाँ समिति बनाउने सम्भावना कम रहेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।
विकल्पमा देउवाले पार्टी पदाधिकारीसहित शीर्ष नेताहरू बोलाएर उम्मेदवार चयन गर्ने विषयमा छलफल थालेका छन् ।