प्रदेश ४ का मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने
प्रकाशित मिति : २०७४, २७ माघ शनिबार १२:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ २७,पोखरा । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।
Advertisement
सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नुहुनेछ ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवमा फणीन्द्रमणि पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमा डा बुद्धिसागर पौडेलले जिम्मेवारी सम्हाल्नुभएको छ ।