बाँके जिल्लामा अधिकांस महिला पतिबाटै एचआईभी संक्रमित
प्रकाशित मिति : २०७४, २ फाल्गुन बुधबार १४:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन २,नेपालगन्ज।बाँके जिल्लामा एचआईभी संक्रमति महिलामध्ये अधिकाश पतिबाटै सक्रमित भएको पाएको छ । विवाहपछि पतिबाट एचआईभी सक्रमित भएका महिलाको संख्या बढ्दो अवस्थामा पुगेको छ ।
सोमबार नेपालगन्जमा एएचएफ नेपालद्धारा विश्व कण्डम दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी एचआईभी संक्रमित महिलाले आफूहरु पतिकै कारण संक्रमित भएको बताएका छन् ।
Advertisement
बाँके जिल्लामा रहेका ९६२ जना एचआईभी संक्रमित मध्ये महिला सख्या ४१४ जना रहेका छन् । सल्यान घर भई नेपालगन्जमा बस्दै आएकी ३८ बर्षीय केशरी नेपाली (नाम परिवर्तन)ले पतिकै कारण आफू एचआईभी संक्रमति भएको बताईन् । आफूलाई स्वास्थ्य समस्या देखिएपछि उपचारका क्रममा एचआईभी प्रमाणित भएको उनले भनिन् । पतिले एचआईभी रोग लुकाउँदा आफूमा सरेको जानकारी दिईन् । केशरीका पति पूर्व नेपाल प्रहरी हुन् ।
उनी पछि डूाईभर चालक भए । पति जागिरे क्रममै एचआईभी संक्रमति भएको पाएको नेपाली भन्छिन् । पतिले रोग लुकाउँदा, सुरक्षित यौन सम्पर्क नराख्दा उनी एचआईभीको संक्रमणको सिकार भईन् । बाँकेमा रहेका ४१४ महिला एचआईभी संक्रमितमा ९० प्रतिशत पतिकै कारण भएको भेटिएका छन् । नेपालगन्ज उपमहानगर–पालिकाकी २८ बर्षीय पुष्पा थापा (नाम परिवर्तन) ले पतिकै कारण आफू र बच्चामा एचआईभी संत्रमण भएको बताईन् । विवाहपछि पेटको पहिलो बच्चा गर्भमा रहँदा मात्र आफू संक्रमित भएको थाहा पाएको उनले जानकारी दिईन् । अस्पतालमा आफू संक्रमित पछि डाक्टरसंग सल्लाह लिँदा पतिबाटै सरेको प्रमाणित भएको उनले भनिन् । उनका पति नशाका सेवन गर्ने गर्थे । त्यहीबाटै उनी र बच्चा एचआईचीबाट ग्रसित हुनु पर्यो । यी केही उदाहरण मात्र हुन् । बाँके जिल्लामा पति वा पुरुषबाट एचआईभी संक्रमितको संख्या बढिरहेको छ । त्यसमा पनि अधिकाश विवाहित महिला पतिसंगको यौन सम्पर्कबाट संक्रमणमा परेका छन् ।
गत आर्थिक बर्ष २०७३।०७४ को जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याक अनुसार बाँकेमा पुरुष ५३५, तेस्रोलिंगी ११३ र महिला ४१४ संक्रमति छन् । जिल्लामा अहिलेसम्म एचआईभी एड्सको संक्रमणबाट ११३ जनाको मृत्यु भएको छ । भेरीअञ्चल अस्पताल नेपालगन्जमा एचआईभी फोकल पर्सन डा. संकेत रिसालले युवाहरु नै बढी एचआईभी संक्रमित भैईरहेकोले उनीहरुबाटै विवाहित महिलामा संक्रमण सर्ने गरेको बताए।
अहिलेपनि पुरुष वा महिला असुरक्षित यौन सम्पर्क धेरै गर्ने गरेको र त्यसकै कारण पनि पुरुषबाट महिला बढी संक्रमणको सिकार हुने गरेको उनले भने । जिल्लाका संक्रमित विवाहित महिलामा ९० प्रतिशत पतिकै कारण भएको उनी बताउँछन् ।
एचआईभी संक्रमति महिलामा अधिकाश विवाहित महिला छन् । पुरुषहरु विदेश जाने, भारतमा मजदुरी गर्ने, घरबाहिर बस्ने, जागिरको क्रममा शहरमा बस्ने देखि प्रहरी, सेना, सवारी चालक जागिरे देखि लागुऔषध दुव्र्यसनीका क्रममा असुरक्षित यौन सम्पर्कले रोग भित्र्याउने गरेका छन्,डा.रिसालले भने ।
विवाहपछि र विवाहअघि पनि पतिपत्नि वा महिला पुरुषले कण्डमको प्रयोग गरेमात्र पनि यौन रोग न्यून हुने उनले बताए । भेरीअञ्चल अस्पतालमा अहिले एआरटी ३९४, टिबी एचआईची २२, संक्रमित बालबालिका २६ र ओएसटी ८४ सहित ५२६ ले उपचारर्थ छन् ।