हात्तीपाइले रोग बिरुद्दको औषधि सेबन प्राथमिकता साथ लिनुपर्ने:अध्यक्ष बेहना
प्रकाशित मिति : २०७४, ३ फाल्गुन बिहीबार १८:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन ३,अर्पणा योगी/ नेपालगन्ज।नेपालगन्ज वडा नम्बर ४ को कार्यालयमा आज हात्तीपाइले रोग निबारण सम्वन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ। यही फाल्गुन १२ देखि १४ गते सम्म खुवाइने हात्तीपाइले रोग बिरुद्दको औषधि सेबन गर्ने बारेमा कार्यक्रम भएको हो। वडा नम्बर ४ का वडा अध्यक्ष मो.सफिक बेहनाको अध्यक्षयतामा बसेको कार्यक्रममा समजसेबी,राजनितिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत २५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष बेहनाले हात्तीपाइले रोग गम्भिर भएकोले यस बाट बच्न सबैले औषधि सेबन गर्नु राम्रो रहेको बताएका थिए।
Advertisement
साथै अध्यक्ष बेहनाले हात्तीपाइले रोग बिरुद्दको औषधि सेबन गर्न प्राथमिकता साथ लिनु पर्ने बताउदै यसको औषधि सेबन गर्न कतिपय डराउने भएको हुदा उक्त दिनमा आफुले सबै भन्दा पहिला औषधि गरे पस्चात वडाबासिलाई सेबन गराउने समेत बताए।