हरेक घरमा निशुल्क स्वास्थ्य सेवा गाउँपालिकाको प्राथमिकता:अध्यक्ष चौधरी
प्रकाशित मिति : २०७४, ४ फाल्गुन शुक्रबार १६:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन ४,नेपालगन्ज।बाँकेको डुडुवा गाँउपालिकाका नागरिकले स्वास्थ्य सँस्थाबाट पाउने सम्पुर्ण सेवा सुबिधा नि:शुल्क पाउने भएका छन । अहिले गाँउपालिकाले सेवाग्राहीबाट नामदर्ताको लागि समेत शुल्क नलिने घोषणा गरेको छ ।
गाँउपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै सम्पुर्ण सेवाग्राहीलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउ सुरु गरिएको गाँउपालिका प्रमुख नरेन्द्र चौधरीले जानकारी दिए ।
Advertisement
उनले घर–घरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीका लागि २ दिने अभिमुखीकरण समेत गरिएको बताउदै भने–‘हामी विस्तारै गाँउमा सिँहदरवार आएको अनुभुति गराउने प्रयास सुरु गरेका छौ । हरेक घरमा निशुल्क स्वास्थय सेवा तथा एसएलसी उतिर्ण युवा मेरो पहिलो प्राथमिकता रहेको छ । गाँउपालिकाका सम्र्पुण नागरिक मेरो लागि मालिक हुन, म उनीहरुसंग आफ्नो लागि ५ वर्षका लागि नोकरी माँगेको छु , प्रभावकारी रुपले सेवा उपलब्ध गराउनु मेरो जिम्मेवारी हो ।’
स्थानीय तहमा सम्भवता यस्तो सेवा उपलब्ध गराउनु आफ्नो गाँउपालिका पहिलो भएको बताँउदै मानिसलाई मात्र नभएर पशु स्वास्थ्यमा समेत निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई रहेको उनले जिकिर गरे । गाँउपालिकाको सबै नागरिकको स्वास्थ्य अवस्था थाहा पाउनको लागि स्वास्थ्य कार्ड समेत जारी गरेको बताउदै ४० हजार कार्ड छापेर लागू गर्ने चरणमा रहेको प्रमुख चौधरीले बताए ।
गाँउपालिका कार्यक्षेत्र भित्रका बासिन्दाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर गाँउपालिकाले बहुउपयोगि ल्याब समेत सञ्चालनमा ल्याएको उनको दाबी छ । ‘अहिले औपचारिक रुपमा उद्घाटन नभए पनि स्थापनाका लागि चाहिने सम्पुर्ण तयारी भई सकेको छ । ल्याब सञ्चालनका लागि आवस्यक पर्ने जनशक्तिको ब्यवस्थापन भई सकेको आवस्यक पर्ने सम्पुर्ण उपकरण समेत आईसकेको छ’– गाँउपालिकाका सुचना अधिकारी ऋषिराज गौतमले बताए। गाँउपालिकाको वडा नम्बर २ बेतहनीमा रहेको स्वास्थ्य चौकीमा सञ्चालन हुने सो ल्याबमा हुने सम्पुर्ण स्वास्थ्य परिक्षण निशुल्क हुने सुचना अधिकारी गौतमले बताए । ल्याब सञ्चालनमा आईसकेपछि गाँउपालिकाका सेवाग्राही तथा बिरामीहरुको दिशापिसाब, रगत, खकार, सुगर, टाईफाईड, मलेरिया, ज्वरो लगायतका सामान्य खालका परीक्षणका लागि स्थानीय स्तरमै परीक्षण हुन सक्ने बताईएको छ ।
कार्यक्रममा गाँउपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्यकर्मी लगायत झण्डै ५० जनाको सहभागिता रहेको छ । अभिमुखीकरणमा कर्मचारीहरु कम कर्तब्य र अधिकार, प्रबर्धानात्मक स्वास्थ्य सेवा जन समुदायमा कसरी जागृत गराउने, प्रयोगशालामा प्राथमिक चरणमा गरिने क्रियाकलाप बारे छलफल भएको छ ।