बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी
प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलवार १०:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी दिईएको छ। जनकपुर बिमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई एक हप्ता भित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
Advertisement
साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेको संघले आरोप लगाएको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ। सांसद साहको विमान कम्पनी प्रतीको अराजक गतिविधिलाई सर्बत्र निन्दा गरिएको छ।