बाँकेमा हात्तीपाइले निवारण अभियान औषधी सेबन फाल्गुन १२ देखि १४ सम्म
प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार ०८:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″]नेपालगञ्ज, ९ फागुन । फागुन १२ गतेदेखि १४ गते सम्म सञ्चालन हुने हात्तिपाईले रोग निवारण अभियानलाई सफल र प्रभावकारी बनाउन जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेले अनुरोध गरेको छ।
Advertisement
आम जनताले औषधी सेवन अभियान अन्तगर्त जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेद्धारा सो कुरा बताइएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्यका साथ १२ गते बुथ, १३ र १४ गते घर घरमा पुगेर औषधी खुवाउने तयारीलाई तिव्रता दिएको छ । ९ सय ९१ वुथमार्फत औषधी खुवाइने तयारीका साथ दुई हजार ३ सय स्वास्थ्य स्वय सेवक र ३ सय ४६ स्वाथ्यकर्मी परिचालन गरिने जनस्वास्थ्य प्रशासक खिम बहादुर खडकाले जानकारी दिनु भयो ।