डुडुवामा बस्यो न्यायिक समितिको बैठक, दक्षता अभिवृद्धिको तालिम दिनुपर्ने निर्णय
प्रकाशित मिति : २०७४, १० फाल्गुन बिहीबार १७:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″]नेपालगन्ज, १० फागुन । बाँकेका स्थानीय तह न्यायीक समितिका संयोजकहरुको आज बसेको बैठकले न्यायीक समितिका पदाधिकारी र कर्मचारीलाई दक्षता अभिवृद्धिको तालिम दिनुपर्ने निर्णय गरेको छ ।
Advertisement
बैठक बाँकेको डुडुवा गाउँपालिका कार्यालयमा बसेको थियो । बैठकमा बाँकेका ८ वटै स्थानिय निकायका न्यायीक समितिका संयोजकहरुको उपस्थिति थियो । न्यायीक समितिको संयोजकमा स्थानीय निकायका उपप्रमुख रहने व्यवस्था छ ।
बैठकले बाँकेका ८ वटै स्थानीय तहका उपप्रमुखबीच समितिको कामलाई प्रभावकारी संचालनका विषयमा छलफल समेत भएको थियो । त्यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले स्थानीय निकायबीच आपसी समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
बैठकमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले त्यस गाउँपालिकाद्धारा संचालन भइरहेका काम, कारवाहीका विषयमा जानकारी गराउनु भएको थियो । गाउँपालिका अध्यक्ष चौधरीले जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुखहरुलाई अविर लगाई खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
त्यसक्रममा गाउँपालिकाको भौतिक पुर्वाधार शाखा व्यवस्थापन लगायका विषयमा अनुगमन गर्दै उपमेयर थापाले न्यायीयक समितिलाई सहजताका लागि इजलास कक्ष, कानून शाखा कर्मचारीको व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गर्नुभएको थियो ।
समितिको अर्को बैठक राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्ण भएको छ । गाउँपालिकामा बैठक राख्दा न्यायीक समितिको काम कर्तव्य र अधिकार लगायत प्रक्रियाबार अध्यक्षलाई पनि थाह होस र उपाध्यक्षको जिम्मेवारी स्पष्टता हुने समितिले जनाएको छ ।