बाँकेमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईयो
प्रकाशित मिति : २०७४, १२ फाल्गुन शनिबार २०:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज १२ फागुन ।नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिले हात्तिपाईले रोग विरुद्धको औषधी खाएका छन् । शनिबार बिहान स्थानीय विपी चोकमा पुगेर उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगर लगायतले औषधी खाई कार्यक्रमको शुभारम्भ गरेका थिए ।
Advertisement
सो क्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, जनस्वास्थ्य कार्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका लगायतको उपस्थिती रहेको थियो ।
जनप्रतिनिधिले औषधी खाईसकेपछि स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खुवाउन सुरु गरेका थिए । जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार पहिलो दिन बाँकेका सबै स्थानीय तहमा हात्ति पाईले रोग विरुद्धको औषधी खुवाइएको छ ।
त्यस्तै नेपालगन्ज उपमहानगरकै वडा नम्बर ४ मा पनि हात्तीपाइले बिरुद्दको औषधि खुवाईएको छ। ४ नम्बरमा वडा अध्यक्ष मो.सफिक बेहनाले सबैभन्दा पहिला औषधी सेबन गर्दै अन्य स्थानीयलाई खुवाईएको थियो।वडा नम्बर ४ मा आज मात्रै ७८९ जनाले औषधी सेबन गरेको अध्यक्ष बेहनाले बताए।
अन्य वडामा पनि हात्तीपाइलेको औषधी खुवाउन सुरु गरिएको छ। फाल्गुन १४ गते सम्म खुवाइने औषधी खान सबैलाई जनस्वास्थ्य कार्यालय बाँकेले अनुरोध समेत गरेको छ।