तुलसीपुरमा योग शिक्षकहरुका लागि पाँच दिने पुनर्ताजगी तालिम सुरु
प्रकाशित मिति : २०७४, १३ फाल्गुन आईतवार १२:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन १३,श्रीराम दहित/तुलसीपुर।पतञ्जली योग समिति दाङको आयोजनामा योग शिक्षकहरुका लागि पाँच दिवसीय पुनर्ताजगी तालिम एक कार्यक्रमका बीच पतञ्जली जिल्ला कार्य समितिको योगहल त्रिसिद्देश्वरी मन्दिर तुलसीपुर दाङमा उद्घाटन गरिएको छ ।
Advertisement
जिल्ला अध्यक्ष घनश्याम अधिकारीको सभापतित्व तथा राप्ती प्रभारी देवराज आचार्यको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा अतिथिहरु सामुदायिक बन महासंघ दाङका कार्यक्रम संयोजक भुपबहादुर केसी लगायत तालिममा सहभागी संख्या ५५ जना रहेका छन् ।
जिल्ला महिला प्रभारी लक्ष्मी वली(जिसि) को स्वागत मन्तव्य संगै आरम्भ गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि अंचलप्रभारी देवराज आचार्यले पानसमा बत्ती बाली उद्घाटन गर्दै सहभागी योग शिक्षक हरुलाई थप उर्जाशिल तथा केही नयाँ जानकारी गराउने उद्देश्यले तालीम संचालन गरिएको हुँदा आफुले प्राप्ति गरेका योगिक विषयबस्तु जनमनमा पुर्याउन स्वयंले अम्मल गरौं भन्दै तालिमको उद्देश्य पुर्णताको कामना गरे यसैगरी कार्यक्रमका सभापति जिल्ला अध्यक्ष घनश्याम अधिकारीले स्वस्थ ,समृद्ध र अनुसासित सन्तानको परिकल्पना योग आध्यात्मिक मार्गको विकल्प नरहेको बताए ।
पतञ्जली योग समिति नेपाल काठमाडौको समय तालिका अनुसार योग शिक्षक प्रशिक्षणमा दाङ जिल्ला युवा प्रभारी दिपक बस्यालले प्रशिक्षण गराउने महासचिव विनोद चौधरीले जानकारी गराए।
प्रशिक्षक बस्यालले सहभागी हरुमा योगको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान अभिवृद्धि गराउने र नियमित हुँदै गरेका योगिक कर्ममा कमि नहोस् भन्ने हेतुले केन्द्र दिएको समय तालिकाअनुसार पाँच दिन सम्म संचालन हुने बताए।