बाँकेका स्वास्थ्य कार्यक्रममा समस्यै समस्या
प्रकाशित मिति : २०७४, १७ फाल्गुन बिहीबार १४:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ,फाल्गुन १७ ।आवश्यक जनशक्तिको अभावमा बाँकेमा सञ्चालित स्वास्थ्य कार्यक्रम समयमै सकिन चुनौती रहेको बताइएको छ । जर्मन सहयोग संस्था जिआईजेड तथा प्लान ईन्टरनेशनलको सहयोगमा जिल्ला समन्वय समिति बाँके र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बर्दियाको ठाकुरद्वारामा आयोजित दुईदिने समीक्षा गोष्ठीमा सहभागि स्थानीय तहका स्वास्थ्य संयोजकहरुले लक्षित कार्यक्रम समयमा सम्पन्न गर्न कठिनाई भएको गुनासो गरेका हुन् ।
Advertisement
बाँकेका स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष सहितको सहभागिता रहेको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य संयोजक केशवराज गौतमले दक्ष जनशक्ति, भौतिक तथा प्राविधिक उपकरणको अभाव आदि कारणले लक्षित कार्यक्रम समयमा सम्पन्न गर्न कठिनाई भएको बताउनु भयो । कोहलपुर नगरपालिकाका स्वास्थ्य संयोजक धन रेग्मीले अधिकाश बर्थिङ सेन्टरमा दक्ष प्रसुतिकर्मी व्यवस्था गरिनु पर्ने माग गर्दै जनशक्ति अभाव भएकै कारण आमा सुरक्षा कार्यक्रमका लागि छुट्टाएको बजेटबाट एक रुपैयाँ खर्च गर्न नसकिएको गुनासो गर्नु भयो । जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर गुरुङले स्वास्थ्यका कतिपय कार्यक्रममा आपसमा समन्वय र बुझाइको कमी महसुस भएको अनुभव सुनाउनु भयो । खजुरा गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्णबहादुर खड्काले गाउँपालिकाले स्वास्थ्य कार्यक्रमका लागि सकारात्मक बजेट विनियोजन भए पनि पर्याप्त प्राविधिकहरु नहुदाँ समस्या भएको जानकारी दिनु भयो। । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले आमा सुरक्षा, न्यायो झोला खरीदका लागि रकम अभाव भएकोले समस्या भएको बताउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्काले चालु आर्थिक वर्षमा स्वास्थ्यमा भएका प्रगति, बाँकी रहेका कामबारे छलफल गर्न आयोजना गरिएको समीक्षामा स्थानीय तहमा खटिएका स्वास्थ्य संयोजकहरुले स्वास्थ्यका कार्यक्रम बारे स्थानीय प्रतिनिधिलाई बुझाउन समस्या भएकोले काम गर्न कठिनाई भएको भएपनि अबका दिनमा सहज हुने विश्वास ब्यक्त गर्नु भयो । बाँकेका अधिकाश गाउँपालिकाले औषधि, खोप खरीद गरे पनि भण्डारण गर्न समस्या भएको, कतिपय गाउपालिकामा न्यायो झोला खरीदमा बजेट अभाव भएको, भौतिक संरचना नभएको र जिल्लाका खोप अधिकृत प्रदेशमा जाँदा जिल्लामा खोप अधिकृतका अभाव भइरहेको समीक्षामा स्वास्थ्य संयोजकले गुनासो गरेका थिए । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, उप–महानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, जिल्ला जनस्वास्थ्यका प्रतिनिधिसहित ६ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै स्थानीय तहमा खटिएका स्वास्थ्य संयोजक, प्रमुख प्रशासकीय अधिकृत, लेखाप्रमुख, स्वास्थ्यमा काम गर्ने साझेदार संस्थाहरुका प्रतिनिधिहरुको समीक्षा बैठकमा उपस्थिती रहेको थियो ।