चौरजहारीमा विगत एक वर्षदेखि हवाई सेवा ठप्प
प्रकाशित मिति : २०७४, २२ फाल्गुन मंगलवार १३:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पश्चिम रुकुम, फागुन २२ । रुकुम पश्चिमको चौरजहारीमा विगत एक वर्षदेखि हवाई सेवा ठप्प भएको छ । लामो समयसम्म हवाई सेवा दिँदै आएको हवाई सेवा एक वर्षदेखि ठप्प भएपछि हजारौं यात्रु तथा अत्यावश्यक समस्याका विरामीहरु बढी मर्कामा परेका छन् ।
Advertisement
रुकुम, जाजरकोट र सल्यानका सर्वसाधारणलाई सेवा दिँदै आएको हवाई सेवा ठप्प भएसँगै यात्रुहरुलाई समस्या भएको हो । विशेष गरी चौरजहारी र जाजरकोट अस्पतालबाट रिफर गरिएका विरामीहरुलाई समस्या देखिएको छ ।
समयमै उपचार नपाउँदा केही विरामीहरुले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ । नेपालमा हवाई जहाज र पाईलट पर्याप्त नभएका कारण सेवा कटौती गरिएको नेपाल वायुसेवा निगम चौरजहारीका कार्यालय प्रमुख सुरेन्द्र नेपालीले बताउनुभयो । आफूले केन्द्र र क्षेत्रमा ताकेता गरेपनि कुनै पहल नभएको उहाँको भनाई छ ।