महिला तथा बालबालिकाबिरुद्ध हुने हिंसाको अन्त्य गर्न डुडुवामा सचेतना कार्यक्रम सम्पन्न
प्रकाशित मिति : २०७४, २२ फाल्गुन मंगलवार २०:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन २२, नेपालगन्ज । महिला तथा बालबालिकाबिरुद्ध हुने हिंसाको अन्त्यका लागि स्थानीय संरचनामा महिला र बालिकाको अर्थपूर्ण सहभागिता विषयक वडा स्तरीय कार्यशाला बाँकेको डुडुवा–४ कम्दीमा सम्मपन्न भएको छ ।
Advertisement
अक्सफामको सहयोग तथा सामाजिक सचेतन सरोकार केन्द्र (स्याक) को आयोजनामा सम्पन्न सो कार्यक्रमलाई सहजिकरण गर्दै स्याक नेपालका टिम लिडर नेत्रकला शाहीले महिला तथा बालिका विरुद्ध हुुने हिंसा अन्त्यका लागि स्थानीय संरचनामा महिला र बालिकाको अर्थपूर्ण सहभागिता भए मात्र पनि आफै न्यूनिकरण भएर जाने बताईन ।
स्याक बाँकेका टिम लिडर नेत्रकला शाहीले सो कार्यशालामा महिला हिंसा भनेको के हो? वालविवाह भनेको के हो ? बालविवाहबाट बच्ने उपायहरु, सानै उमेरमा विवाह गरेमा स्वास्थ्यमा आउन सक्ने खतराहरु, वालविवाह सम्बन्धी कानुनी प्रक्रियाको बारेमा जानकारी गराउदै उनले स्थानीय तहमा महिला तथा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउनु पर्नेमा जोड दिईन ।
सो कार्यक्रमको अतिथिहरु डुुडुुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकी, वडास्तरीय बालसंरक्षण समितिका संयोजक रेशम न्यौपाने, शहिद स्मारक माविका प्रधानाध्यापक पुरुषोत्तम खनाल, वडा नं.५ का महिला सदस्य कमला शाही, वडा नं.४ का महिला सदस्य रेखा खटिक, इलाका प्रहरी कार्यालयका हवल्दार प्रेम विकलगायतले महिला हिंसा र बालविवाह रोक्नलाई सबै मिलेर सहकार्य गर्नुपर्ने साथै बाल विवाह गर्ने र गराउनेलाई कानुुनी दायरामा ल्याउनुु पर्ने कुरामा जोड दिएका छन।