जाजरकोट अस्पतालमा एक हप्तादेखि विद्युत् नहुँदा समस्या
प्रकाशित मिति : २०७४, २४ फाल्गुन बिहीबार १०:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन २४,जाजरकोट। एक हप्तादेखि जाजरकोट अस्पतालमा विद्युत् नहुँदा समस्या भएको छ । अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत् योजनाबाट उत्पादित बिद्युतको लाइन काटिएको र छिन्चु–जाजरकोट ३३ केभी विद्युत् लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
Advertisement
३३ केभी लाइन विद्युत् जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो ।