जामुघाट निर्माणाधीन पुल पश्चिम सुर्खेतको समृद्धि
प्रकाशित मिति : २०७४, २८ फाल्गुन सोमबार ०९:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुर्खेत, २८ फागुन ।पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदीमा निर्माणाधीन पुललाई पश्चिम सुर्खेतको समृद्धिका रुपमा हेरिएको छ ।
Advertisement
हजारौँ जनताको रोजीरोटी खोस्ने र सयौँलाई घरबारविहीन बनाउने भेरी नदीमाथि २०७२ साल जेठबाट पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुल निर्माणको जिम्मा अनक–लुम्बिनी–हिङ्दुङ् जेभीले लिएको छ । रु. ३६ करोड लगानीमा बन्न लागेको पुलको ७५ प्रतिशत काम पुरा भएको साइट इञ्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
पुल निर्माण भइरहेकाले हालसम्म त्यस क्षेत्रका नागरिकले तुइन र काठको डुंगाबाट आवातजावत गरिरहेका छन् । “सधैँ कहालिलाग्दो यात्राबाट भेरी नदी पार गरिरहेका छौँ, अब भने केही महिनापछि निर्माणाधीन पुलबाटै आवतजावत गर्ने खुशी सँगालेर बसेका छौँ,” पञ्चपुरी नगरपालिका–५ तिखाकुना गाउँका स्थानीयवासी विनोद देवकाटाले भन्नुभयो ।
वर्षेनी पञ्चपुरी नगरपालिका–१० को गल्फगाउँ र ५ को तिखाकुना गाउँको दुःख बन्दै आएको भेरी नदीले आफ्ना आसापासका बस्तीलाई बगरमा परिणत गर्ने गरेको सो नगरपालिकाका स्थानीय समाजसेवी खड्ग बाँसपानीले जानकारी दिनुभयो । “निर्माणाधीन पुल बनेपछि गल्फ र तिखाकुना गाउँलाई मात्र जोड्ने छैन, यो उत्तरमा अछामको तुर्माखाँद हुँदै कर्णाली राजमार्ग जोड्ने हाई फास्टट्र्याक बन्नेछ”, उहाँले भन्नुभयो ।
निर्माणाधीन पुलले उत्तरका साथै दक्षिणमा महेन्द्र राजमार्गसँग जोड्न पनि सघाउ पु¥याउने भएकाले पुल निर्माणबाट पश्चिम सुर्खेतको समृद्धिको ढोका खोल्ने उहाँको भनाइ छ । चार वर्ष निर्माण अवधि तोकिएको पुलको लम्बाइ ३५१ मिटर रहेको साइट इञ्चार्ज श्रेष्ठले बताउनुभयो ।