कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव
प्रकाशित मिति : २०७४, ४ चैत्र आईतवार १७:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुर्खेत, चैत्र ४ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ ।
Advertisement
सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आइरहेको झुप्रा बृहत् खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि माग अनुसार पानी उपलब्ध हुन सकेको छैन । झुप्राको मुहान सुक्दै गएपछि खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाइनमा राखेर आलोपालो प्रणालीबाट उपत्यकामा पानी वितरण गरिएको छ ।
उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ६०० धारा वितरण गरिसकेको छ भने दुई हजार २३ धारा वितरण गर्ने प्रक्रिया शुरु गरिएको छ । सुर्खेतमा एक सय ४५ लिटर पानी प्रतिसेकेण्ड आवश्यक छ । तर, हाल एक सय ३२ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध छ ।