नेपालगन्जमा क्षय रोगीलाई फलफूल बितरण गरियो
प्रकाशित मिति : २०७४, १० चैत्र शनिबार १७:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१० चैत्र। नेपालगन्जमा आज १६३ औ क्षय रोग दिवस नेपालगन्जको वडा नम्बर ४ को प्रांगणमा मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गरिएको कार्यक्रममा क्षय रोग सम्बन्धी अन्तरक्रिया लगायत बिरामीलाई फलफूल बितरण गरिएको थियो।
Advertisement
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खडका, वडा नम्बर ४ का अध्यक्ष मो.सफीक बेहना, पत्रकारहरु लगायत क्षत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतका पदाधिकारी,टिबि कार्यक्रमका फोकल ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा नम्बर ४ सल्यानीबाग अवस्थित क्षय रोग अस्पतालमा क्षय रोग बाट ग्रसित बिरामीहरुलाई फलफूल बितरण गरिएको छ।