‘बघौडा’ मा स्वास्थ्य शिविर
प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार १७:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(नरैनापुर) बाँके,१४ चैत्र । बाँकेको विकट ‘बघौडा क्षेत्र’ नरैनापुरमा सञ्चालित स्वास्थ्य शिविरमा ७ सय बढी लाभान्वित भएका छन् । बुधबार भएको स्वास्थ्य शिविरमा नरैनापुर गाउँपालिकाका विभिन्न वडाका ७ सय बढी स्थानीयहरुको स्वास्थ्य चेकजाँच गरिएको मेडिकल टोली प्रमुख नेपालगञ्ज मेडिकल कलेजका सर्जन डा. रोमन किदवाईले जानकारी दिए । चेकजाँच गरिएका मध्ये सबैभन्दा बढी छाला, आँखा र कानका विरामी रहेका डा. किदवाईले बताए ।
Advertisement
जटिल खालका समस्या भएका, अप्ररेशन गर्नुपर्ने विरामीहरुलाई रेफर गरिएको फिजिसियन डा. असिम किदवाईले जानकारी दिए । स्वास्थ्यमा पहुँच नरहेको विकट क्षेत्रमा आएर विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरेपछि नरैनापुरबासी खुसी भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । स्वास्थ्यको सामान्य सेवा समेत पाउनबाट बञ्चित भएका बघौडाबासीहरु विशेषज्ञ चिकित्सकहरु गाउँघरमै पुगेर चेकचाँच गरिरहँदा दंग देखिन्थे ।
‘हामीलाई निकै समस्या छ, नेपालगञ्ज जान गाह्रो छ, भारत पुगेर चेकजाँच गराउँछौं, आज यसरी हाम्रै आँगनमा डाक्टरहरु आउँदा निकै खुसी लागेको छ,’ आँखामा मोतियाविन्दु भएका स्थानीय गजराज गौतमले खुसी व्यक्त गरिरहेका थिए । उनीजस्तै दंग थिइन् नरैनापुर ४ की जन्नतुल खान । ‘विरामी भएर हिंड्न डुल्न सकिरहेको छैन, प्रेसर छ, आज घर अगाडि नै डाक्टर देख्दा आधा त सन्चो भएजस्तो लागेको छ ।’ जन्नतको प्रतिक्रिया थियो । फिजिसियन डा.किदवाईले आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित भएका त्यस क्षेत्रका स्थानीयहरुका लागि यस्तो शिविर निकै लाभदायक हुने बताए । तर, बेला बेलामा यस्ता शिविर भइरहनुपर्ने उनको भनाई थियो । नेपालगञ्ज मेडिकल कलेजका प्रशासन प्रमुख कुमार अधिकारीले स्वास्थ्य शिविरले स्थानीय धेरै लाभान्वित भएको बताए ।
नेपाली सेनाको ४ नम्बर बाहिनी र भैरव प्रसाद गणको आयोजना, जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगञ्ज मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा नरैनापुर गाउँपालिकाको समन्वयमा भएको स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत विभिन्न रोगका १० विशेषज्ञ डाक्टरहरुसहित १३ मेडिकल अधिृकतहरुको सहभागिता थियो ।