नेपालगन्ज उपमहानगरमा गाईवस्तुको स्वास्थ्य जाँच
प्रकाशित मिति : २०७४, २५ चैत्र आईतवार ११:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, चैत्र २५ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ परसपुरमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै नेपालगंज उप महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज आईतबार परसपुर दक्षिण आप वगीयामा शिवीर सञ्चालन गरिएको हो ।
Advertisement
नेपालगञ्ज उप महानगरपालिकाका वडान १७ का अध्यक्ष अजय कुमार पाठकले बाख्रालाई औषधी खुवाएर शिवीरको उदघाटन गर्नु भयो । अध्यक्ष पाठकले पशुको स्वास्थ्य परिक्षणले पशुको स्वास्थ्यस्थिती पत्ता लागे सँगै क्षती नोक्सानी हुनबाट बचाउन सकिने विश्वास व्यक्त गर्नु भयो ।
पशुधनीलाई पुर्व सचेतता अपनाउन पनि उहाँले अपील गर्नु भयो । सञ्चालित शिविरमा पशु सेवा शाखाका डा। अपार पौडेल, जिल्ला पशु सेवाका पशु विकास अधिकृत गणेश बहादुर पुन, पशु सेवा प्राविधिक भोज बहादुर रावल र नायक पशु स्वास्थ्य प्राविधिक महेससिंह ठकुरी लगायतले पशुको स्वास्थ्य जाँच गर्नुभयो । एक सय १२ घरधुरीका चार सय पचास पशुको स्वास्थ्य परिक्षण गरिएको डा पौडेलले जानकारी दिनु भयो । परिक्षण, औषधोपचार गर्नुका साथै स्वास्थ्य सेचतना पनि दिइने गरिएको डा पौडेलले जानकारी दिनु भयो ।