सोल्टी होटलमा हुने नँया बर्ष सांगीतिक साँझमा आइदिनुहोस:आयोजक
प्रकाशित मिति : २०७४, २६ चैत्र सोमबार १८:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२६ चैत्र । इभेन्ट म्यानेजमेन्ट तथा सामाजिक कार्यमा योगदान पुर्याउने उदेश्यले स्थापना गरिएको प्यासन नेपालले नेपालगन्जमा नँया बर्ष २०७५ को अवसरमा न्यू इएर ईभ आयोजना गर्ने भएको छ। चैत्र ३० गते साँझ ५ बजे पछि होटल सोल्टीको प्राङ्गणमा र बैशाख १ गते दाङ्गको घोराहीमा आयोजना हुदै गरेको सांगीतिक कार्यक्रमको बारेमा बागेश्ववरीपोष्टले गरेको छोटो कुराकानी-
Advertisement
भिजन घिमिरे( आयोजक)
किन गर्दैछ प्यासन नेपालले यो न्यू इअर इभ कार्यक्रम?
प्यासन नेपाल भनेको एउटा आईटी सम्बन्धी,ईभेन्ट म्यानेजमेन्ट र स्मार्ट ब्रान्डिंगको काम गर्ने उदेश्यले अगाडी बढेको संस्था हो। हाम्रो संस्था २०७४ सालमै स्थापन भएको हो र यसै बर्षको समपानमा पहिलो कार्यक्रम गर्न लागिरहेको छौ। न्यू इअर इभमा नेपालगन्जको सोल्टी होटलमा र नॅया बर्षको दिनमा दाङ्गको घोराहिमा सांगीतिक कार्यक्रम गर्दैछौ।यस कार्यक्रममा हामीले नेपालकै चर्चित कलाकारहरुलाई बोलाएका छौ।कलाकार हरुमा चर्चित ब्याण्ड १९७४ एडी,पप गायक नबीन के.भट्टराई,सन्जिब सिंह लगायत स्थानीय कलाकारहरुले बेजोड मनोरन्जन दिने छन।
यो कार्यक्रम गर्नुको कारण चाई आफ्नो सस्थालाई चिनाउनलाई पनि हो र हामीले यस कार्यक्रमबाट उठेको आम्दानीको ५ प्रतिशत चाई राप्ती टुरिज़म इन्फरमेसन सेन्टरलाई सहयोग गर्ने छौ। प्रदेश नम्बर ५ मा रहेका पर्यटकिय स्थलहरुको शोध खोज गर्नमा मदत गरिरहेको राप्ती टूरिजमलाई सहयोग गर्न पाउनु पनि राम्रो कुरा हो।
पहिलो पटक यो कार्यक्रम गर्दै हुनुहुन्छ।चुनौती त पक्कै होलान नि?
सबैभन्दा ठुलो चुनौती भनेको स्पोन्सरसिपको हो।स्पोन्सरहरुको पनि राम्रो साथ पाइरहेका छौ। हामीलाई स्पोन्सर गर्ने भेस्पा एप्रिला रहेका छन।त्यस्तै सोल्टी वेस्टर्न प्रिमियरबाट पनि राम्रो सहयोग पाएका छौ।यसका साथै अन्य स्पोन्सरहरुको पनि सहयोग आईरहेको छ।कार्यक्रमको लागी टिकट पनि बिक्री बितरण गरिरहेका छौ। सबैले आफ्नो आफ्नो ठाउबाट मदत गरीराख्नु भएको छ।मीडियाहरुको पनि धेरै मदत पाईरहेका छौ। अब चुनौती भनौ या अवसर, अवसर पनि छ यसमा।हामीले कम समयमै केहि गरेर देखाउन सके पछिको लागि राम्रो हुन्छ ।यस कार्यक्रमलाई हामी १०० प्रतिशत सफल बनाउछौ।सवैको मदतको अपेक्षा छ हामीलाई।
शरद पाण्डे(प्रायोजक) भेस्पा-एप्रिला
भर्खरै खुलेको सस्था,अझ त्यसमा पनि संस्थाकै पहिलो कार्यक्रम,किन सहयोग गर्दैछ भेस्पा एप्रीलले यो न्यू इअर इभमा?
प्यासन नेपाल भनेको युबाहरुद्वारा चलाईएको संस्था हो। यस संस्थाद्वारा आयोजना गरेको न्यू इअर इभ सांगीतिक कार्यक्रम आफ्नै ब्राण्ड बोकेको भेस्पा एप्रिलाले स्पोन्सर गरेको छ।सोल्टी होटलको प्राङ्गणमा हुने यस कार्यक्रममा युबाबर्गहरुको लागि एउटा आकर्षण भेस्पा एप्रिलाको अझ राम्रो संग पहिचान गराउने र नँया बर्षको अवसरमा नँया किसिमको कार्यक्रम दिने उदेश्यले पनि सहयोग गर्दैछौ।
कम्पनीलाई के फाईदा हुन्छ यस्तो कार्यक्रममा स्पोन्सर गर्दा खेरी?
कम्पनीलाई फाईदा भन्दा पनि हाम्रा ग्राहकबर्ग सग नँया बर्षमा रमाउन पाइने, भेटघाट हुन पाइने बाताबरण पनि हुन्छ। अर्को कुरा यस न्यू इअर इभमा कार्यक्रमको लागी हाम्रो कम्पनीले न्यू इअर अफर राखेको छ जसमा एक जना ग्राहकलाई यस कार्यक्रमका लागी २५००को टिकट पनि उपलब्ध गराउदैछौ।नँया बर्षमा हाम्रा ग्राहकहरुले राष्ट्रिय कलाकारहरु सग सगै रमाइलो गर्न पाउनुहुनेछ र प्यासन नेपाल एउटा नँया भर्खर उदाउदै गरेको संस्था भएकोले प्रोमोट गर्नलाई पनि सहयोग गरेका छौ।
नँया बर्षमा भेस्पाले कस्तो अफर लिएर आएको छ! नेपालगन्जमा १ बर्षमा भेस्पाले कस्तो बजार लिएको छ?
नँया बर्ष अफरमा हामीले एस-सीरीज+ थाइल्याण्ड टुर एक जनालाई नेपालगन्जबाट लेजाने कार्यक्रम रहेको छ।
भेस्पा एप्रिला कस्तो हो भनेर मैले भन्नुभन्दा पनि सबैलाई थाहा भएकै कुरा हो।हिजोको समयमा भेस्पा बजारमा कत्तिको गुडिरहेको हुन्थे? अहिलेको बर्तमान समयमा कत्तिको गुडिरहेको छ भन्ने कुरा मार्केटले बताउँछ। एक बर्ष भित्रनै हामीले २०० वटा स्कूटर बिक्री गरिसकेका छौ। नेपालगन्जमा शोरुम स्थापना गरेको ३ महीनामै नेपालकै सबैभन्दा बढ़ी स्कूटर बिक्री गर्ने शोरुम भकेको हो। यस नेपालगन्ज शोरुमले वेस्ट अवार्ड समेत पाइसकेको छ। भेस्पा भनेको एउटा आफ्नै ब्राण्ड बोकेको छ, सबै किसिमको सुबिधाजनक स्कुटर भएकोले यहि नै प्रयोग गर्न माँ सबैमा अनुरोध पनि गर्दछु।
अजय कु केसी(नेपालगन्ज इभेन्ट ब्यबस्थापक)
तपाईलाई नँया बर्ष साँझ नेपालगन्ज सांगीतिक कार्यक्रमको इभेन्ट ब्यबस्थापकको जिम्मेवारी दिईएको छ, कस्तो तरिकाले लाग्नु भएको छ?
प्यासन नेपालले पहिलो पटक नँया बर्ष सांझ सांगीतिक कार्यक्रम नेपालगन्जमा गर्दै छ। सबैको तर्फ बाट सबैले सहयोग गरिराख्नु भएको छ। म नेपालगन्ज ईभेन्टको ब्यबस्थापकको रूपमा भएकोले मैले मेहनत गर्दैछु। टिकट बिक्री बितरण देखि सांगीतिक कार्यक्रम स्थल मन्च सबै कुराको ब्यबस्थापन गर्दैछु। कलाकार लिएर आउने देखि प्रश्तुती आयोजना गर्न काममा जुटेको छु। सुरक्षा प्रबन्ध मिलाउनको लागी छुट्टै सुरक्षा ऐजेन्सीलाई जिम्मेवारी दिएका छौ। भर्खर स्थापना भएको संस्थाले पहिलो पटक यस्तो राम्रो कार्यक्रम गर्दै छ,हामी सबै मिलर कार्यक्रमलाई सफल बनाउन तर्फ लागिपरेका छौ। कार्यक्रममा होहल्ला नहोस भनेर सुरक्षा निकाय संग कुराकानी गरिसकेका छौ। मुख्य समस्या छोटो समयमा ठुलो कार्यक्रम गर्दैछौ,अली दौड़धुप परेको छ। मिडियाको एकदम ठुलो मदत पुगिरहेको छ हामीलाई। सबैको सहयोग र साथ हुनेछ भन्ने आशा छ।सबै आइदिनुहोस सांगीतिक कार्यक्रममा,यो एउटा राम्रो सांगीतिक साँझ हो। आशा छ तपाईहरुको सहयोग हुनेछ भनेर।