कारागारमा कैदी-थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढ्यो
प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार ०८:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गोपालप्रसाद बराल /बर्दिवास, २८ चैैत्र।महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी÷थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ ।
Advertisement
गर्मी बढेसँगै कारागारका कैदी÷थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।
कारागारले थेग्नै नसक्ने गरी कैदी÷थुनुवालाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन मिलाउन गा¥हो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ ।
अहिले दिनहूँ नियमित उपचार लिनेकोे सङ्ख्या १२५ को हाराहारीमा रहेको कारागार प्रमुखसमेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले बताउनुभयो ।
एक सय ३५ जना क्षमता भएको सो कारागारमा अहिले झण्डै चौब्बर सङ्ख्याका कैदी÷थुनुवा भएपछि बसाइ कै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ ।
कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा पाँच आश्रित बालबालिकासहित ५५ र पुरुष कक्षमा ४१५ जना गरी कुल ४७० कैदी÷थुनुवा छन् ।
विसं २०४२ र २०४६ सालको ऐतिहासिक आन्दोलनताका बाहेक कारागारमा अहिलेको कैदी÷थुनुवाको सङ्ख्या कारागार इतिहासमै सर्वाधिक भएको कारागारको कैदी÷थुनुवा अभिलेखले देखाएको छ ।
कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा उनीहरुलाई दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नु पर्ने एवं सुत्नबस्न नै ठाउँ नपाउँदा आफूहरुलाई निकै गा¥हो भइरहेको कैदी÷थुनुवाको गुनासो छ ।
नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्न सुत्न पर्दा आफूहरुमध्ये धेरैलाई लुतो भएको पुरुष कक्षका एकजना कैदीले बताएका छन् ।
ठाउँको अभावमा उनीहरुले नियमित सरसफाईसमेत गर्न नपाउँदा विरामीको संख्या बढ्दो छ । पछिल्लो पटक श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरुको उपचार राम्रो नहुँदा आपूmहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको हो की भन्न लाग्न थालेको पुरुष कक्षका अर्का एक थुनुवाको टिप्पणी छ ।
कारागारमा कैदी÷थुनुवाका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक मौसमअनुसारको लुगा दिइने कानुनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदी÷थुनुवाको भनाइ छ ।
कारागार प्रमुख ठाकुरले पनि कैदी÷थुनुवाको यो गुनासोलाई स्वीकार गर्नुभयो । “कारागारमा दिनहुँ कैदी÷थुनुवा पठाइन्छन्” उहाँले भन्नुभयो, “तर, कैदी÷थुनुवा थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्चभने आउँदैन ।”
कारागारमा महिला कक्षका ५५ जनाका लागि एक वटा धारा र शौचालयमात्र छ । त्यसैगरी पुरुष कक्षका ४१५ जनाका लागि चार वटा धारा र शौचालयमात्र हुँदा दिसापिसाब गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुष कक्षका एक पाका कैदीको गुनासो छ ।
‘के गर्नु हजुर…! नुहाउन नपा’को कति दिन भइसक्यो’ पुरुष कक्षका करिब ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुङ्गी उचाल्दै घाउ÷खटिरा देखाउँदै भने, ‘आफैले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने’ भो ।’
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीथुनुवा बन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँ पटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ ।
विशेषगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पूर्पक्ष थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदी÷थुनुवाको सङ्ख्या निकै बढेकाले कारागारको भित्री व्यवस्थापन अस्तव्यस्त हुने गरेको हो ।
महोत्तरी कारागारमा अहिले रहेका ४७० कैदी÷थुनुवामध्ये ६५ प्रतिशत पूर्पक्ष थुनुवा रहेका कारागार प्रमुख ठाकुरले जानकारी दिनुभयो । त्यसैगरी कुल कैदी÷थुनुवाको त्यतिकै प्रतिशत नै धनुषा जिल्लाका रहेको कारागार प्रशासनले जनाएको छ ।
विसं १९१३ सालमा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार त्यसयता मर्मत सम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इटा झर्ने र छतका सिमेण्टको टुक्रा उप्केर झर्दा किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले समेत सताउने गरेको गुणासो कारागारका कैदी÷थुनुवाले व्यक्त गरेका छन् ।