अवैध भारु नोटका कारोबारी प्रहरी नियन्त्रणमा
प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार १४:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, २९ चैत । भारतले प्रतिबन्ध लगाएको हजार र पाँचसय दरका आइसी नोटको अवैध कारोबार गरिरहेको अवस्थामा दुई व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।
Advertisement
राजधानीको लाजिम्पाट इलाकामा अवैध भारुको कारोबार भएको सूचना प्राप्त भएपछि प्रहरीले विशेष अनुसन्धान गरेको थियो ।
सो क्रममा मोरङका ५३ वर्षीय सुनिलदेव बैश्य र नुवाकोटका ५० वर्षीय चेतबहादुर नेपाली सबुतसहित प्रहरी फन्दामा परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले हजार दरका आईसी थान २२७६ र पाँचसय दरका ५४५१ थान गरी जम्मा ४९,३१,५०० रुपैयाँ भारु बरामद गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले टेकूस्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी बरामद नोटसहित अभियुक्तद्वयलाई आज सार्वजनिक गरेका हुन् ।