पूर्वप्रधानन्यायाधीश कल्याण र सुशीलाद्वारा सरकारी सम्पत्तिको दुरुपयोग !
प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार १६:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, २९ चैत । आफूलाई सदाचारी तथा आदर्शवादी पात्रका रूपमा प्रस्तुत गर्दै आएका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले सरकारी सम्पत्तिमा रजाइँ गर्दै आएका तथ्य फेला परेको छ ।
Advertisement
पदबाट अवकाश भएको दुइ वर्ष बिते पनि श्रेष्ठले सरकारी सुविधाअन्तर्गत प्रधानन्यायाधीशलाई दिने गाडी हालसम्म प्रयोग गरिरहेका छन् । करिब २ करोड मुल्यको टोयोटा जीप उनले प्रयोग गर्दै आएको सुइँको पाएपछि २ वर्षपछि सर्वोच्च अदालतका कर्मचारीहरूले कब्जामा लिएका हुन् ।
श्रेष्ठले आफ्नो ड्राइभरको रूपमा सरकारी तलब खाने व्यक्तिलाई नै निजी रूपमा दुरुपयोग गरिरहेका थिए । पुर्वप्रधानन्यायाधीश श्रेष्ठबाट गाडी र चालकलाई फिर्ता ल्याइएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । कर्मचारीले खोसेको गाडी सर्वोच्चका कर्मचारीले मुख्य रजिष्ट्रारलाई बुझाएका छन् ।
‘सरकारी गाडी यसरी तपाईंले प्रयोग गर्न मिल्दैन श्रीमान’ भनी सम्झाउँदा कल्याण श्रेष्ठले उल्टै कर्मचारीलाई हप्काएको सम्बन्धित एक कर्मचारीले बताए । ‘बदमास र भ्रष्टाचारको पनि हद हुन्छ नि, सरकारी गाडी फिर्ता गर्न नमानेपछि जबर्जस्ती खोस्नुपर्यो,’ ती कर्मचारीले भने, ‘हामीले गाडीसंगै चालकलाई पनि फिर्ता ल्याएका छौँ ।’ श्रेष्ठ र सुशीला कार्की मिलेर सर्वोच्चको सम्पत्ति (गाडी) अहिलेसम्म दोहन गरेकोमा उनले आक्रोश व्यक्त गरे ।
कल्याण श्रेष्ठले सरकारी गाडी चलाउन सरकारी तलब खाएका चालक जोगमोहन महतोलाई समेत दुरुपयोग गर्नुका साथै इन्धनसमेत सर्वोच्च अदालतबाटै भराउँदै आएका थिए । चालक महतोले सरकारी तलब खाए पनि श्रेष्ठको निजी सेवक बनेर सेवा दिँदै आएका थिए । राज्यकोषको रकम श्रेष्ठले चरम दुरुपयोग गरेकोले जबर्जस्ती सवारी र चालक फिर्ता ल्याउनुपरेको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले जानकारी दिए ।
त्यसैगरी, पुर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पनि अवकाश भएको वर्षदिन हुन लाग्दा पनि सरकारी गाडी अझै फिर्ता गरेकी छैनन् । उनले पनि श्रेष्ठले जस्तै करोडौँ मुल्यको सरकारी सवारी र अन्य सुविधा लिएर भ्रष्ट आचरण प्रस्तुत गरेकी सर्वोच्च अदालत कर्मचारी स्रोतले जनाएको छ । कर्मचारीका विभिन्न ट्रेड युनियनले अब सुशीला कार्कीको पनि निगरानी गरेर सरकारी सवारी साधन फिर्ता गर्न लगाउने र अन्य सरकारी सुविधा प्रयोग गरेको पाइए सबै फिर्ता गर्न लगाउने तयारीमा जुटेको जनाएका छन् ।