“गुरुप्रसाद खत्री जेहेन्दार विद्यार्थी छात्रबृत्ति २०७४” वितरण
प्रकाशित मिति : २०७५, २ बैशाख आईतवार १४:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, २ बैशाख । बरिष्ठ पत्रकार पोषण केसीले आफ्ना बुबाको सम्झनामा स्थापना गरेको ‘गुरुप्रसाद खत्री जेहेन्दार विद्यार्थी छात्रबृत्ति २०७४’ वितरण गरिएको छ ।
Advertisement
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित कुशुमेश्वर माविबाट २०७४ को बार्षिक परिक्षामा कक्षा ९ मा सर्वोत्कृष्ट अंक ल्याउने मेधावी छात्र दिलिप खड्कालाई आज छात्रबृत्ति वितरण गरिएको हो । बुवाको मृत्यु पश्चात् १ लाख रुपैयाँको अक्षय कोष खडा गरी त्यसबाट बार्षिक रुपमा आउने ब्याजबाट प्रत्येक बर्ष एक जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको पत्रकार केसीले बताउनुभयो । आफ्ना बुबाको नामबाट जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गर्न पाउँदा निकै खुसी लागेको केसीले प्रतिक्रिया दिनुभयो।