सामाजिक सेवामा उम्दा वडा अध्यक्ष बेहना
प्रकाशित मिति : २०७५, २ बैशाख आईतवार १६:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, २ बैशाख । गरिब, दुःखी, असहाय र इमान्दार मानिसहरुको सहयोग गरेर नथाक्ने नेपालगञ्जका एक वडा अध्यक्षले आफ्नै खर्चमा एक युवतिको विवाह गराइदिएका छन् ।
Advertisement
विकास र सामाजिक सेवा मार्फत् आफूलाई जनताको अब्बल सेवक बनाउन तल्लीन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नगरकै वडा नम्बर ५ की एक युवतिको विवाहमा आफ्नै घरबाट नास्ता, खाना, कपडा लगायतका सामग्री गरी ६० हजार रुपैयाँ बराबरको सहयोग गरेर विवाह गराइदिएका हुन् । जयसपुरका एक युवकसंग ती युवतिको विवाह भएको हो।
गरिबीमा बाँचिरहेकोे आफूलाई छोरीको विवाहमा सहयोग गरेर ठूलो पूण्य गरेको बुवा शेर अलि हलावाईले बताए । ‘उहाँले यसअघि पनि यस्ता सहयोगी काम धेरै गर्नुभएको छ, विवाह गराइदिनेदेखि लिएर अन्य आर्थिक एवम् जिन्सी सहयोग गरिरहनुभएको छ,’ स्थानीय सुशन श्रेष्ठले बताइन् । ‘यसरी सहयोग गर्ने अवसर पाउँदा निकै खुसी छु, मेरो सानो सहयोगले कसैको जीवन बन्छ भने किन नगर्ने भनेर सहयोग गर्दै आएको छु, अरुको सेवा गर्दा नै मलाई आनन्द आउँछ,’ वडा अध्यक्ष बेहनाले भने । आफ्नो वडाको विकासमा फड्को मारिरहेका बेहना सामाजिक सेवा भावका कारण पनि लोकप्रिय छन् ।