घोराही सिमेन्ट उद्योगद्वारा स्थानीय निकायलाई ५४ लाख सहयोग
प्रकाशित मिति : २०७५, ४ बैशाख मंगलवार १७:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ, ४ वैशाख । घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय निकायलाई रु ५४ लाख १६ हजार सहयोग गरेको छ ।
Advertisement
उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो ।
उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई रु २८ लाख ६६ हजार, घोराही–४ लाई रु २५ लाख ५० हजार सहयोग गरेको छ । सिमेन्ट उद्योगले विभिन्न विकास निर्माणका लागि स्थानीयवासीले गाउँपालिका र वडा कार्यालयमार्फत सहयोगका लागि आग्रह गरेअनुसार उक्त सहयोग गरेको सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले बताउनुभयो।