गर्मीसँगै बिरामी पनि बढे, दैनिक सय भन्दा बढी बिरामी अस्पताल भर्ना
प्रकाशित मिति : २०७५, ६ बैशाख बिहीबार १४:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर, दाङ, ६ वैशाख। केहीदिनदेखि दाङमा गर्मी बढेसँगै यहाँका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको ती अस्पतालले जनाएको छ ।
Advertisement
तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको सो अस्पतालले जनाएको छ ।
उपचार गर्न आउनेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।
त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
त्यस अस्पतालमा पनि ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।
गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छालासम्बन्धी रोग देखापर्ने राप्ती उपक्षेत्रीय अस्पतालका रोग विशेषज्ञ डा प्रताप पोखरेलले बताउनुभयो ।
तुलसी अस्पताल तुलसीपुरमा पनि उपचार गराउन आउने बालबालिकाको संख्या बढिरहेको सो अस्पतालले जनाएको छ ।
अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा किशोर खत्रीले केहीदिनयता निमोनिया, झाडापखाला, श्वासप्रश्वासमा समस्या, कमलपित्त, भाइरल ज्वरोका बिरामी बालबालिका उपचारका लागि आउनेको संख्या वृद्धि भएको बताउनुभयो । त्यसैगरी लमही अस्पतालमा पनि उपचारका लागि आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
गर्मी मौसममा पानी धेरै खानुपर्ने, बासी सडेगलेको, झिंगा भन्केको खाना नखान डाक्टरले सुझाव दिएका छन् ।
उनीहरुले जाडो समयभन्दा गर्मी मौसममा विभिन्न रोग चाँडो फैलने हुँदा आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रहसमेत गरेका छन् । केहीदिनदेखि दाङमा गर्मी बढ्दै गएको छ ।
जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार दाङमा बुधबार अधिकतम तापक्रम ३४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।