नेपालगन्ज कारागारमा निशुल्क आँखा शिबिर सम्पन्न
प्रकाशित मिति : २०७५, ८ बैशाख शनिबार १८:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,८ बैशाख।नेपालगन्ज जेसिसले नेपालगन्ज कारागारमा निशुल्क आखा शिविर गरेको छ ।सप्ताह व्यापी कार्यक्रम अन्र्तगत् शनिबार नेपालगन्ज कारागार भित्रका कैदिबन्दीलाई लक्षित गरेको निशुल्क स्वास्थ्य शिविर गरेको हो ।जेसिस सप्ताह अन्तरर्गत शनिबार नेपालगन्ज कारागारका कैदिबन्दीहरुको निशुल्क आखा परिक्षण गरिएको मुल समितिका संयोजक प्रज्वल श्रेष्ठले बताए ।नेपालगन्ज स्थित फत्तेबाल आखा अस्पतालको प्राविधिक सहयोगमा जेसिसले निशुल्क आखा शिविर गरेको हो ।
Advertisement
शिविरमा महिला ४० पुरुष १ सय ८६ जना गरेर २ सय २६ जना कैन्दीबन्दीको आखा परिक्षण गरिएको मुल समितिका संयोजक श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये ८ जनाको आखा मोतिबिन्दु देखिएको चिकित्सकहरुले जनाएका छन्।वैशाख १ गतेदेखि सुरु भएको जेसिस सप्ताह अन्र्तगत् यसअघि मन्दिर परिसर बृक्षारोपण लगायत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ ।