सिकलसेल एनिमियाबाट ३ हजार बढी प्रभावित
प्रकाशित मिति : २०७५, १० बैशाख सोमबार ०९:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १० बैशाख। सिकलसेल एनिमियाका कारण पश्चिम तराईका तीन हजार बढी थारु समुदाय प्रभावित भएका छन् । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु समुदाय सिकलसेल रोगबाट प्रभावित भएका हुन् । थारु समुदायमा मात्र देखिएको सिकलसेलबाट अहिलेसम्म २० जनाको मृत्यु भइसकेको भेरी अञ्चल अस्पतालले जनाएको छ। भेरी अञ्चल अस्पताल नेपालगन्जमा जचाउन आएका मध्ये ५३३ जनामा सिकलसेल एनिमिया देखिएको डाक्टरहरूले बताएका छन। सरकारले सिकलसेलका विरामीलाई उपचार खर्च वाफत् एक लाख रुपैंया दिने गरेको छ ।
Advertisement