असिना पानीले इँटा उद्योगमा लाखौँ रुपैयाँको नोक्सानी
प्रकाशित मिति : २०७५, ११ बैशाख मंगलवार ०७:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दमौली, तनहुँ, ११ वैशाख । केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पु¥याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
Advertisement
म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छे« ब्रिक फ्याक्ट्रीमा उत्पादन गरिएको ठूलो परिमाणको काँचो इँटामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको हो । उत्पादन गरी सुकाउन राखिएको रु चार लाखको इँटामा वर्षाले क्षति पु¥याएको पोख्रेली इँटा उद्योगका सञ्चालक केदारनाथ घिमिरेले बताउनुभयो ।
९० प्रतिशत काँचो इँटामा असिना पानीले क्षति पु¥याएको हो, घिमिरेले भन्नुभयो । माछापुच्छे« ब्रिक फ्याक्ट्रीका प्रोप्राइटर हर्कबहादुर गुरुङले पनि वर्षाले लाखौँ रुपैयाँ बराबरको इँटामा नोक्सानी पु¥याएको बताउनुभयो । उक्त इँटा उद्योगमा ११० जना मजदूरले रोजगारी गर्दै आएको सुभरपाइजर कृष्णहरि काफ्लेले बताउनुभयो ।
वर्षाका कारण तनहुँ जिल्लाका ब्यास नगरपालिका र अन्य गाउँपालिकाभित्र उत्पादित इँटामा समेत वर्षाले ठूलो क्षति पु¥याएको बताइएको छ । रासस।