नरैनापुरमा ३ दिने स्वास्थ्य शिविर, १२ सय लाभान्वित
प्रकाशित मिति : २०७५, १२ बैशाख बुधबार १७:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(नरैनापुर), बाँके, बैशाख १२ । बाँकेको नरैनापुर गाउँपालिकामा आयोजित ३ दिने निःशुल्क स्वास्थ्य शिविरबाट ११ सय ९६ स्थानीय लाभान्वित भएका छन् । नरैनापुर गाउँपालिकाको समन्वयमा आइ.एन.एफ नेपालले नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरस्थित स्थानीय आदर्श माध्यमिक विद्यालयमा बैशाख १० गतेदेखि १२ गतेसम्म ३ दिन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७ जना पुरुष र ४ सय ८९ जना महिलाको स्वास्थ्य जाँच गरिएको हो ।
Advertisement
शिविरमा छाला, दाँत र सामान्य चिकित्सा सेवा दिइएको थियो । स्वास्थ्य जाँच गरिएका मध्ये धेरैमा छालाको समस्या देखिएको बताइएको छ । नरैनापुरका अति गरिब र समयमै स्वास्थ्य उपचार गराउन नसक्ने नागरिकका लागि शिविरले राहत पुर्याएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । स्वास्थ्य जाँचका क्रममा शिविरमा १ जना कुष्ठरोगी पनि भेटिएको आई.एन.एफ नेपालका स्वास्थ्य विभाग प्रबन्धक राजेन्द्र बहादुर सुनारले जानकारी दिनुभयो ।
शिविरमा भेरी अञ्चल अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा.बद्रि चापागाईं, फिजिसियन डा.पारस श्रेष्ठ, नेपालगञ्ज मेडिकल कलेजका छाला रोग विशेषज्ञ डा.कुमार पोखरेल सहित ४ जना मेडिकल अधिकृतहरुको टोली उपचारका लागि खटिएको थियो ।