चालु आ.व.को नौ महिनासम्ममा बजेट घाटा एक खर्ब २५ अर्ब
प्रकाशित मिति : २०७५, १५ बैशाख शनिबार १०:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, १५ वैशाख । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार भएको अवस्थामा पनि कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ । बैंकको ६३ औँ वर्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले मुद्राको चलनचल्ती बढ्दै गएको आवस्थामा आपूर्ति सहज गरेको बताए ।
Advertisement
अर्थतन्त्रमा मौद्रिकीकरणमा सुधार भइरहेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले चालु आवको चैत मसान्तसम्ममा चलनचल्तीमा रहेको नोट रु चार खर्ब ७४ अर्ब ९५ करोड पुगेको उल्लेख गर्दै उनले ७७ वटा नोट कोषमा रु ५२ अर्ब रकम मौज्दात रहेको जानकारी दिए ।
गभर्नर डा नेपालले मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनका लागि कम्तीमा रु एक खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको जानकारी दिए ।
बजेट घाटा एक खर्ब २५ अर्ब
चालु आवको नौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थालाई रु १३ अर्ब ५५ करोड पुर्नकर्जा प्रवाह भएको जानकारी दिँदै गभर्नर डा नेपालले वाणिज्य बैंकले नगद प्रवाहमा आधारित सरकारी बजेट रु एक खर्ब २५ अर्ब ५६ करोडले घाटामा रहेको बताए ।
वैशाखको पहिलो सातासम्म नगद प्रवाहमा आधारित कूल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६६ अर्ब ३१ करोड पुगेको उनले जानकारी दिए ।
चालु आवको आठ महिनासम्ममा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४ दशमलव २ प्रतिशतले, बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७ दशमलव ४ प्रतिशतले बढेको छ ।