क्यान्सर अस्पताल खजुरामा एम्बुलेन्स सेवा संचालनमा
प्रकाशित मिति : २०७५, २४ बैशाख सोमबार १७:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२४ बैशाख। क्यान्सर अस्पताल खजुराले सोमवारदेखि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बाँके क्षेत्र नं.४ का तत्कालीन सांसद दलबहादुर सुनारले सांसद क्षेत्र विकास कोषद्वारा प्रदान गरिएको ८ लाख र अस्पतालको तर्फबाट २ लाख १२ हजार ४ सय रुपैयाँमा खरिद गरिएको उक्त एम्बुलेन्स संचालनमा ल्याइएको हो ।
सोमवार पूजापाठपछि एम्बुलेन्स सेवा प्रारम्भको खजुरा गाउँपालिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका थिए ।
Advertisement