कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्
प्रकाशित मिति : २०७५, २५ बैशाख मंगलवार १०:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, २५ वैशाख। नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ।
गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै चाँडो तलब भत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
Advertisement
कर्मचारीलाई सही तरिकाले व्यवस्थापन गर्न नसकिएका कारण विभिन्न समस्या आएको, त्यसमा कार्यरत कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएका कारणले करीब ४०० स्थानीय तहमा स्वास्थ्यकर्मीको अभाव भइरहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष शर्माले अन्य सरकारी निकायभन्दा स्वास्थ्य क्षेत्र निकै भिन्न रहेको बताउँदै तीनवटै स्थानीय तहमा आवश्यक स्वाथ्यकर्मीको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
दुर्गम जिल्लामा कर्मचारीको कमी रहेका कारण तत्काल स्वास्थ्यको सम्पूर्ण जिम्मा स्वास्थ्य मन्त्रालयलाई नै दिन युनियनले माग गरेको छ । रासस।