संसदमा प्रि–बजेट आज, अरु के के हुँदैछ ?
प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार ०९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभाको बुधबारको बैठकमा आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहेका अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने भएका छन् ।
Advertisement
नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्री डा. खटिवडाले प्रि–बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको छ ।
अर्थ मन्त्रालयले पनि बुधबारको बैठकमा प्रि–बजेट पेश गर्ने तयारी रहेको जनाएको छ । गएको शनिबार सुरु भएको संसदको बजेट अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।
अर्थ मन्त्री डा. खतिवडाले संघीयता कार्यान्वयन, पूर्वाधार क्षेत्रमा लगानी, दीगो विकास लक्ष्य प्राप्ती, पुनर्निर्माणसहितका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको तयारी गरिरहेका छन् । योसँगै बजेटमा केही यस्ता योजना पनि आउने सम्भावना छ, जुन सरकारको महत्वकांक्षासँग जोडिएका हुनेछन् ।
आधारभूत रुपमा फेरिएको देशको राजनीतिक संरचना र नयाँ संविधानले व्यवस्था गरेको संघीयताको मर्मलाई बलियो बनाउने गरी बजेटको तयारी भएको अर्थ स्रोतले बताएको छ ।
संसदमा आज अरु के के हुँदैछ ?
संसद बैठकमा बुधबार नै गृह मन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्ने तयारी छ ।
यस्तै गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भीन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूचि छ ।