बर्दियाका किसानहरु माछामा आत्मनिर्भर
प्रकाशित मिति : २०७५, २७ बैशाख बिहीबार १५:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
बर्दिया,२७ बैशाख । बर्दिया जिल्ला माछामा आत्मनिर्भर बनेको छ । ५ सय ३७ हेक्टर जलासयमा माछा पालन भइरहेको बर्दियामा किसानहरुले हाल बार्षिक ३५ करोड आम्दानी गरिरहेका छन् । दश वर्षयता बर्दियामा व्यवसायिक माछा पालन फस्टाएको हो । माछापालनकै कारण किसानहरुको आयस्तर उकासिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत् माछा ब्लक कार्यक्रम सञ्चालनमा आएपछि किसानहरु माछा पालन व्यवसायमा होम्मिएका हुन् । बर्दियामा एक बर्षमा करिब २ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ भने माछा विक्रिबाट ३५ करोड आम्दानी हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख पर्शुराम रावतले जानकारी दिनुभयो ।