जनकपुरबाट अयोध्याका लागी छुटेको बसलाई मुख्यमन्त्री आदित्यनाथद्वारा स्वागत
प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार १३:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अयोध्या,२९ बैशाख। नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ।
Advertisement
शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्या पुगेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सो बस सेवाले दुई देशबिचको तीर्थाटनलाई बढाउने आशा गरिएको छ। बससेवाले भारतले आफ्नो देशमा भगवान रामसँग सम्बन्धित १५ स्थान मिलाएर सुरू गरेको रामायण सर्किट परियोजनासँग सीताको जन्मभूमि जोडेको छ। रामायण सर्किटका लागि नेपालको जनकपुर एक महत्वपूर्ण स्थान हो।