नेपालगन्जमा पनि अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवश मनाईयो
प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार १५:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२९ बैशाख। नेपालगन्जमा शनिबार अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवश मनाइएको छ ।
बाँके जिल्ला नर्सिङ्ग संघको आयोजनामा शनिबार बिहान प्रभातफेरी गर्दै भेरी प्राबिधिक शिक्षालयमा एक कार्यक्रम गरी दिवश मनाइएको हो।
Advertisement
शनिबार सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, खजुरा गाउपालिकाकी उपाध्यक्ष एकमाया बिक, बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, भेरी अञ्चल अस्पतालका मेसु डा. बिरेन्द्र बहादुर चन्द ,जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्का,भेरी अन्चल अस्पतालकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ, नर्सिङ्ग संघकी अध्यक्ष लक्ष्मी केसी वली,नेपाल प्रेस यूनियन बाँकेका सचिब अर्जुन वली,प्रेस चौतारी बाँकेका सचिब कमल डांगी लगायतकाका अतिथिहरुको उपस्तिथि रहेको थियो।कार्यक्रममा नेपालगन्जमा रहेका सबै जसो क्याम्पसबाट नर्सिंग पढिरहेका बिद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बक्ताहरुले बिरामीको सेवा गर्ने नर्स अन्यायमा पनुपर्ने अवस्था आएकोले न्यायपुर्ण अवसरमा लागि लड्नुपर्ने प्रतिक्रिया दिए ।कार्यक्रममा मनोरन्जनका नृत्य समेत प्रस्तुत गरिएको थियो।