सामाजिक विकास मन्त्रीद्वारा नेपालगन्जका अस्पतालहरुको निरीक्षण
प्रकाशित मिति : २०७५, ३० बैशाख आईतवार १९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
केपी घिमिरे /बाँके , ३० बैशाख ।प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आईतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, भेरी अञ्चल अस्पताल र नेपालगन्ज र शिक्षा कार्यालय बाँकेको छड्के निरीक्षण गरेका छन।
मन्त्रीद्वारा भेरी अञ्चल अस्पतालको ओटी , आइ- सि -यु, वार्ड, आपतकालीन बिभाग लगाएतका ठाउहरुको निरीक्षण गरेका थिए । मन्त्रीद्वारा बिरामीहरुले के कस्तो सेवा पाइरहेका छन् त्यस बारेमा जिज्ञासा राखेका थिए । यस्तै मन्त्री बरालद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आपतकालीन बिभाग , ओ-टी- , आइ- सि- यु, एन- आइ- सि -यु, पि -आइ -सि- यु , र वार्डहरुको निरीक्षण गरेका थिए । उक्त निरिक्षणका क्रममा मन्त्रीले अस्पतालको सेवा सुबिधाको बारेमा अस्पतालका प्रवन्धक निर्देशक डा- सुरेशकुमार कानोडिया संग जानकारी लिएका थिए। सामाजिक विकास मन्त्री वराल सङ्ग प्रदेश ५ का स्वास्थ्य विभाग प्रमुख डा- उमा शंकर चौधरी , शिक्षा महाशाखा प्रमुखका उप सचिव हरिहर घिमिरे , प्रदेश सचिव पुस्करराज पन्त, ५ न- प्रदेश सामाजिक विकास मन्त्रालयका स्वकीय सचिव यदु ज्ञवाली, प्रदेश सभा सदस्य कृण्णा कुमारी केसी लगाएतको टोलीले नीरीक्षण गरेको थियो।
Advertisement