‘संघीय संरचना अनुकूलको सन्तुलित बजेट आउँछ’ : अर्थमन्त्री
प्रकाशित मिति : २०७५, १ जेष्ठ मंगलवार १९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने उद्घोष गरेका छन् ।
Advertisement
आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल भएकाले क्षेत्रगत कार्यक्रमलाई धेरै जोड नदिइने स्पष्ट पारे । उनले मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे संविधानले भनेको बाटामा बजेट आउने भएकाले समृद्धिको अभियानमा सहयोगी बन्न सत्तापक्ष र प्रतिपक्षका सांसदलाई आग्रह गरे ।
उनले विधिअनुसार बजेट र कार्यक्रममा सांसद र सम्बद्ध सबैको सहभागिता गराउन आफू तत्पर रहेको स्पष्ट गर्दै भने, ‘संघीय संरचनाअनुकूलको सन्तुलित बजेट आउनेमा म ढुक्क हुन आग्रह गर्छु, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रलाई संयोजन गरेर जाने सरकारको तयारी छ । हामी मुलुकमा लगानीका लागि उत्तम वातावरण सिर्जना गर्न सचेता छौँ ।’