पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी
प्रकाशित मिति : २०७५, १२ जेष्ठ शनिबार १९:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तस्बिर:शुरेश श्रेष्ठको फेसबुकबाट
तुलसीपुर, दाङ, १२ जेठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् ।
Advertisement
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ । स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ ।
झाडापखालाका गम्भीर २३ जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले दूषित 9 कारण झाडापखाला लागेको बताउनुभयो । स्थानीय माइली पानी मुहानको पानी उपभोग गर्दै आएका उनीहरु बिरामी परेका हुन् । रासस।